यस्तो आयो ‘सोच’को ट्रेलर

काठमाडौं,
साउन २९ ।

चलचित्र ‘सोच’को ट्रेलर सार्वजनिक भएको छ । एक्शन लभस्टोरी चलचित्र ‘सोच’को ट्रेलर बुधबार सार्वजनीक गरिएको हो । भदौ २० गते देखि देशभरका सिनेमाघरमा आउन लागेको यो चलचित्रको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्वन्द्वको सेरोफेरो देखिन्छ ।

पुजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेका यो चलचित्रमा पुजनकै कथा रहेको छ । गंगा रजक र एसडीले निर्माण गरेको चलचित्रलाई बिदुर पाण्डेले खिचेका हुन् ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित चलचित्रमा कृष्ण आचार्यको पटकथा, सम्वाद, एन बी महर्जनको द्वन्द्व, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एल एक्सको सङ्गीत र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

चलचित्रमा उत्तम केसी, बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको छ । चलचित्र भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउछन् । ‘सोच’लाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

यसमा तपाइको मत

अन्य समाचार