अष्ट्रेलियाको मेलबर्नमा तीज मेला हुँदै

काठमाडौं,
साउन २९ ।

अष्ट्रेलियाको मेलबर्नमा तीज मेला हुने भएको छ । इनाक्षी इन्टरटेन्मेन्टको आयोजनामा अगष्ट १५ देखि ३१ सम्म अष्ट्रेलियाको मेलबर्नमा ‘तीज मेला २०१९’ हुने भएको छ । कार्यक्रममा सालको पातको टपरी हुनी, डाँडै फुर्के सल्लोलगायतका थुप्रै लोक तथा तीज गीत गाइसकेका कुशल अनि चर्चित गायक कुलेन्द्र बिकको साथमा बोलमाया फेम अन्जली अधिकारी, चर्चित गायिका जुना श्रीस र अर्की चर्चित गायिका पूर्णकला बिशीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

ग्रेस इन्टरनेसनलको मुख्य प्रायोजनमा सम्पन्न हुन लागेको कार्यक्रम अष्ट्रेलियाको मेलबर्न, सिड्नी, एड्लेड, ब्रिस्बाने, क्यानबेरा, तास्मानियालगायतका सहरमा १० ओटा कार्यक्रमको आयोजना हुनेछ ।

कार्यक्रममा Nepus Crew को डान्स, सिंगल पर्फर्मेन्स, पहिले आउने तीनसय जनालाई फ्री ड्रिंक्स, लक्की तीन दर्शकलाई सारी, लेंहेंगा, लेडिस सुट का साथै थुप्रै गिफ्ट ह्याम्पर प्रदानलागायतका बिशेष आकर्षण रहेका छन ।

मेलबर्नमा 43 Melville Road Estonion House मा फ्री इन्ट्री सहित सम्पूर्ण सङ्गीत प्रेमी नेपालीलाई आयोजक टिमले चुलेनिम्तो दिएको आयोजक राम कंडेलले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार