अघौरी बाबा पहिलो पटक सूर्य दयालुको गीतको भिडियोमा (भिडियोसहित)

काठमाडौं,
साउन २८ ।

पछिल्लो समय भाइरल भएका अघौरी बाबा पहिलोपटक म्युजिक भिडियोमा देखिएका छन् । सूर्य दयालुको स्वर/सङ्गीत र श्यामप्रसाद पौडेलको शब्द रहेको गीत ‘तिमीसँग मैले विताएका…’को भिडियोमा उनी सजलजंग केसी र शान्ति अधिकारीसँगै अभिनय गर्दै देखिएका हुन् ।

हरि वाग्लेले निर्देशन गरेको भिडियोलाई पवन गौतमले छायाँकन र विश्वास भण्डारीले सम्पादन गरेका छन् ।

रेडियो नेपालमा स्वर परिक्षा पास गरेर यो क्षेत्रमा आधिकारिक रुपमा आफूलाई होमेका गायक तथा सङ्गीतकार सूर्य दयालुले थुप्रै आधुनिक गीत मार्फत स्रोता/दर्शकको मन जित्न सफल भएका छन् । ‘तिमीसँग मैले विताएका…’ गीत निक्कै राम्रो बनेको छ र भिडियो पनि त्यतिकै राम्रो छ, योे भिडियोलाई दर्शक/स्रोताले मनपराई दिनु हुनेछ भन्ने विश्वास लिएको छु’, दयालुले भने ।

तीन सय भन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका सूर्यले थुप्रै चलचित्रका गीतमा पनि सङ्गीत दिएका छन् । नेपाली बाहेक भोजपुरी, मैथली भाषाका गीतमा उनको सङ्गीत सुन्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार