‘तीज आयो लौ…’ लिएर आए रेश्मी र शोभा (भिडियोसहित)

काठमाडौं,
साउन २८ ।

नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन् । यसै मेसोमा गायिकाद्वाय रेश्मी कार्की र शोभा गौतमको स्वर रहेको तीज गीत ‘तीज आयो लौ…’ सार्वजनिक भएको छ ।

गोविन्द गौतमको शब्द, विकाश चौधरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । उषा मलाहाले निर्देशन र दिनेश माङ्गमुले कोरियोग्राफी गरेको भिडियोमा मोडल अनु शाहलगायतलाई फिचरिङ गरिएको छ । हरिनारायण चौधरीको छायाँकन रहेको यो भिडियोलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका छन ।

यसमा तपाइको मत

अन्य समाचार