काँग्रेस आईको अध्यक्षमा सोनिया

नयाँ दिल्ली,
साउन २६ ।

काँग्रेस आई केन्द्रीय कार्यासमितिको बैठकले राहुलकी आमा पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षमा चयन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । राहुलको राजीनामापछि नेहरु गान्धी परिवार बाहिरबाट अध्यक्ष बनाइने चर्चा चले पनि शनिबार सोनियालाई पार्टीको नेतृत्प सुम्पिएको हो । सोनिया यसअघि पनि पार्टी खराब स्थितिमा भएपछि १९९८ मा काँग्रेसको अध्यक्ष बनेकी थिइन् ।

सबैभन्दा लामो समय अध्यक्ष रहेकी सोनियाले गत वर्ष पद त्याग गरेकी थिइन् । त्यसपछि उनका छोरा राहुल अध्यक्ष बनेका थिए । तर, हालै सम्पन्न आम निर्वाचनमा पार्टीले खराब प्रदर्शन गरेपछि राहुलले नैतिक जिम्मेवारी लिँदै गएको मे २५ मा अध्यक्षबाट राजीनामा दिने घोषणा गरेका थिए ।

भारतमा सबैभन्दा लामो समय शासन गरेको काँग्रेस इतिहासकै कमजोर अवस्थामा रहेको बेला सोनियाँ गान्धी फेरि काँग्रेसको अध्यक्ष बनेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार