हिमानी शाहद्वारा दैवी प्रकोप उद्धार कोष स्थापना गर्ने घोषणा

काठमाडौं,
साउन १९ ।

पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छिन् । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी हुन ।

हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्व युवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको पनि स्पष्ट पारिन् ।

पत्रकार सम्मेलनमा उनले पूर्व औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको पनि स्पष्ट पारिन ।

यसमा तपाइको मत

अन्य समाचार