कपिलवस्तुमा स्थानीय नेतामाथि गोली प्रहार

कपिलवस्तु,
साउन १६ ।

कपिलवस्तुमा बिहीबार दिउँसो एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ । शुद्धोधन गाउँपालिकाका रामनयन यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

वडा नं. ५ देवपुर स्थायी घर भएका यादवमाथि जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं. ३ स्थित सुसरिया पुल नजिकै दिउँसो १ बजेतिर गोली प्रहार भएको हो ।

यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए । देब्रे पाखुरामा गोली लागेका उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार