बन्दको आंशिक प्रभाव

काठमाडौं,
साउन १५ ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बागमती, नारायणी र जनकपुर बन्दको आंशिक प्रभाव परेको छ । राजधानी काठमाडौंमा पनि बन्दको आंशिक प्रभाव परेको छ । राजधानीका अधिकांश स्कुल, कलेज बन्द गरिएको छ ।

सार्वजनिक सवारीका साधन भने उल्लेख्य मात्रामा सञ्चालन भइरहेका छन् । राजधानीका मुख्य सडक र चोकमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विप्लव समूहले आफ्ना नेता उपत्यका ब्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा पक्राउको विरोधमा बागमती, नारयण र जनकपुर बन्दको आह्वान गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार