कुवेतविरुद्ध नेपालको शानदार जीत

काठमाडौं,
साउन ११ ।

नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतमाथि सहज जित हात पारेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपालले ७ विकेट हराएको हो । कुवेतले दिएको १४२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ उत्रेको नेपालले १५।५ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

कप्तान पारसले मात्र ४२ बलमा ६८ रन बनाएपछि नेपालसामु कुवेतले पस्केको १ सय ४२ रनको लक्ष्य मात्र १५.५ ओभरमा २५ बल बाँकी छँदै पछ्यायो । यस क्रममा पारसले ११ चौका र १ छक्का हिर्काए ।

उनलाई शरद भेष्वाकरले राम्रो साथ दिए । भेष्वाकरले संयमित भएर खेल्दै नट आउट रहेर ३० बल ३८ रन बनाए । उनले यस क्रममा चार चौका र एक छक्का हिर्काए । त्यस्तै, ज्ञानेन्द्र मल्लले १९ रनको योगदान दिए ।

यसअघि, टस जितेर नेपालले कुवेतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन बनायो ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३-३ विकेट लिए । सन्दीपले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए भने रेग्मीले चार ओभरमा २० रन खचिए । यता, करन केसीले दुई विकेट लिए भने अविनास बोहराले १ विकेट लिए ।

सिंगापुरमा जारी पाँच देश सम्मिलित प्रतियोगिताको पहिलो खेलमा कमजोर टोली कतारसँग चार विकेटले पराजित भएपछि नेपाललाई ठूलो दबाब परेको थियो । यद्यपि लगातार दुई खेलमा जीत निकाल्दै नेपालले छनोटको गणितिय सम्भावना कायम राखेको छ । छनोट हुन नेपालले बाँकी खेल जित्नै पर्ने दबाब छ । आइतबार हुने सिंगापुरसँगको खेलमा जित निकाल्न सके नेपाल विजेता हुदै ग्लोबल छनोटमा पुग्नेछ । सिंगापुर ५ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष टोली आगामी अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

यसमा तपाइको मत

अन्य समाचार