आर्थिक बर्ष २०६७/७७ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं,
साउन ९ ।

नेपाल राष्ट्र बैङ्कले आर्थिक बर्ष २०६७/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । २०६७/७७ को सरकारको बजेट अनुसार सामन्जस्यता कायम गर्दे लक्षित आर्थिक वृद्धिदर हासिल गर्ने उद्देश्यसाथ मौद्रिक नीति तय गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैकका गर्भनर चिरञ्जीवी नेपालले विशेष कार्यक्रमकाबीच मौद्रिक नीति सार्वजनिक गर्दै सरकारले अपेक्षा गरे अनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरी सोही अनुसार मौद्रिक नीति तय गरिएको बताए ।

सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य, पन्ध्रौं योजनाले तय गरेका आर्थिक लक्ष्यहरु तथा अन्तर्राष्ट्रिय स्तरमा विकसित सामाजिक राजनितिक परिर्वतनलगायत वस्तुगत अवस्थालाई मध्य नगर गरी नीति तर्जुमा गरिएको उनले बताए ।

राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७६/७७ को बजेटले लक्षित गरेको ८ दशमलब ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने गरि नीति तर्जुमा गरेको छ ।

त्यसका लागि आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा वित्तीय साधनको उपलब्धतालाई प्रोत्साहन गर्ने नीति अबलम्बन गरिएको छ ।

तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउँदै ब्याजदर स्थायित्व कायम गर्नेतर्फ मौद्रिक नीतिको जोड दिएको छ । वित्तीय सेवामा सर्वसाधारणको पहुँच बढाउर्दै बैंकिङ्ग क्षेत्रको साधन परिचालन गर्ने क्षमता अभिवृद्धि गर्न बैङ्क तथा वित्तीय संस्थाहरुको सुदृढीकरण लाई प्राथमिकता दिइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार