द डार्क एण्ड लाईटको ट्रेलर र गीत सार्वजनिक

काठमाडौं,
असार २९ ।

चलचित्र ‘द डार्क एण्ड लाईट’ को अफिसियल ट्रेलर र गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा पत्रकार भेटघाट गरी चलचित्रको प्रमोशनल सामाग्री सार्वजनिक गरिएको हो ।

खालिङ्ग सिस्टर्स मूभिज प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक ‘राधा किसन’ गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको सङ्गीत तथा डेविड शंकर र सरस्वती भूजेलको स्वर रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद पिटर खालिङ राईले लेखेका हुन् । पिटर र स्वरस्वतीको संयुक्त लगानीमा तयार भएको चलचित्रलाई राजु अर्यालले निर्देशन गरेका हुन् ।

चलचित्रमा पिटर खालिङ, सरस्वती भूजेल, शेसुका राई, मरिष्का पोखरेल, मनिल तामाङलगायतका कलाकारको अभिनय रहेको छ । खेलाडी समेत रहेकी शेसुका चलचित्रमा एक्सन अवतारमा देखिएकी छिन् । निर्माण यूनिटले यो चलचित्र एक्सन लभस्टोरी जनरामा केन्द्रित रहेको भनेको छ ।

चलचित्रमा सुवास देवकोटाको सम्पादन, कमल राईको नृत्य निर्देशन तथा सविन भट्टराईको छायाँकन रहेको छ । चलचित्र आगामी भदौ ६ गते देखि देशभरका सिनेमाघरमा आउँदैछ । चलचित्रलाई सरोज शर्मा र सुनिता भट्टराईले वितरण गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार