‘एलजी सिने सर्कल अवार्ड’का लागि फर्म खुल्ला

काठमाडौं,
असार २९ ।

विगत तीन वर्षदेखि निरन्तर हुँदै आएको सिनेमा सर्कल नेपालको ‘एलजी सिने सर्कल अवार्ड’ यस वर्षको लागि निःशुल्क अनलाईन फर्म खुल्ला गरिएको छ । २०७५ सालभर नेपालमा प्रदर्शनमा आएका चलचित्रहरुले निःशुल्क यस अवार्डमा सहभागिता जनाउन पाउनेछन् ।

सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डीसी प्रोडक्सनको ब्यवस्थापनमा हुने अवार्ड विगतमा एक सर्वाधिक रुचाईएको चलचित्र अवार्ड बन्न सफल बनेको थियो ।

अवार्डको पहिलो वर्ष २०७३ साल भाद्र २२ गते आर्मी अफिसर्स क्लबमा वरिष्ठ भारतीय चलचित्र कलाकार एवम् सांसद श्री शत्रुघन सिन्हा, जापानी चलचित्र निर्देशक मात्सुवयासी र हलिउड चलचित्र निर्देशक डिगर मेशको विशेष आतिथ्यता रहेको थियो ।

२०७४ साल साउन २३ गते चर्चित भारतिय कलाकार एंव नेपालको पहिलो निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र माईतीघरका प्रमुख कलाकार माला सिन्हा, सिपी लोहनी र तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको विषेश आतिथ्यतामा नेपाली चलचित्र क्षेत्रमा निजी लगानी सुरु भएको ५१औँ बर्षको महोत्सव मनाउँदै सम्पन्न भएको कार्यक्रम गत बर्ष भदौ ३१ गते राष्ट्रिय सभागृहमा चर्चित बलिउड स्टार गोविन्दाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तीनै वर्ष सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा प्राविधिकहरूलाई विशेष सम्मान गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।

एउटा स्तरीय पुरस्कारको स्थापना र निरन्तरताको लागि प्राविधिकहरुलाई सम्मान गर्दै कार्यक्रमको पहिलो वर्षमा लाइफटाइम एचिभमेन्ट अवार्ड २५० भन्दा बढी नेपाली चलचित्रमा अभिनय समेत गरेका तथा २०३८ साल देखि लगातार अभिनय तथा कला संयोजन गर्दै आएका उद्धव भट्टराई ९जुङ्गे०लाई नगद ५१ हजार रुपैयाँसहित प्रदान गरिएको थियो ।

अवार्डको दोस्रो बर्ष नेपाली २५० भन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशकको रुपमा निरन्तर योगदान पुर्याएका निर्देशक एन बी महर्जनलाई नगद ५१ हजारसहित प्रमुख अतिथी तथा विशेष अतिथीको हातबाट लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने गत बर्ष नेपाली चलचित्रमा लामो समय चलचित्र निर्देशनमा योगदान पुर्याएका राँको, करोडपति, सिमारेखा, घामछाँया, एक नम्वरको पाखे, कर्जा, घुम्टो जस्ता दर्जनौ चलचित्रलगायत भारतीय र भोजपुरी चलचित्र समेत निर्देशन गरेका बरिष्ठ चलचित्र निर्देशक किशोर रानालाई नगद ५१ हजारसहित लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

सिनेमा सर्कल नेपालले चलचित्रकर्मी, पत्रकार, फुटवलर, एभरेष्टर, उद्योगी, समाजसेवी, नेपाल आर्मी तथा प्रहरीका उच्च अधिकृतहरु तथा हर दर्शकले रुचाएका नेपालका प्रतिष्ठीत व्यक्तिहरुको उपस्थिति सम्पन्न विगतको कार्यक्रम जस्तै यो बर्ष पनि केही फरक ढंगले २०७५ सालमा प्रदर्शनमा आएका तथा यस एल जि सिने सर्कल अवार्डमा निःशुल्क नाम दर्ता गराउने नेपाली कथानक चलचित्रहरुबाट तपसिलका २२ विधामा अवार्ड प्रदान गरिने छ ।

१) बर्षको उत्कृष्ट चलचित्र
२) बर्षको उत्कृष्ट निर्देशक
३) बर्षको उत्कृष्ट नायक
४) बर्षको उत्कृष्ट नायिका
६) बर्षको उत्कृष्ट संगीतकार
७) बर्षको उत्कृष्ट अनस्कृन जोडी
८) बर्षको उत्कृष्ट कोरियोग्राफर
९) बर्षको उत्कृष्ट एक्सन निर्देशक
१०) बर्षको उत्कृष्ट पाश्र्व गायिका
११) बर्षको उत्कृष्ट पाश्र्व गायक
१२) बर्षको उत्कृष्ट पटकथा
१३) बर्षको उत्कृष्ट पाश्र्व सङ्गीत
१४) बर्षको उत्कृष्ट सम्पादक
१५) बर्षको सर्वाधिक चर्चित अभिनेत्री
१६) बर्षको सर्वाधिक चर्चित अभिनेता
१७) बर्षको उत्कृष्ट कमेन्डेबल चलचित्र
१८) बर्षको उत्कृष्ट भीएफएक्स
१९) बर्षको उत्कृष्ट स्टन्ट
२०) बर्षको सर्वाधिक चर्चित गीत
२१) बर्षको उत्कृष्ट ट्रेलर
२२) बर्षको उत्कृष्ट पोष्टर

यसमा तपाइको मत

अन्य समाचार