मलेसियामा रहेका नेपालीद्वारा अर्जुन थापाको उपचारार्थ आर्थिक सहयोग

काठमाडौं,
असार २९ ।

मलेसियामा रहेका नेपालीले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका बोनम्यारोपीडित अर्जुन थापाको उपचारार्थ आर्थिक सहयोग गरेका छन् ।

ताप्लेजुङ थेचम्बु युवा एकता सेवा समाज मलेसियाले ९४ हजार रुपैयाँ सङ्कलन गरी पठाएको छ । घट्टेकुलोमा शनिबार उक्त रकमको चेक थेचम्बु काबेली सेवा समाजका अध्यक्ष काजीमान सुब्बाले बिरामीलाई हस्तान्तरण गरे ।

थापाको उपचार सिभिल अस्पतालमा भइरहेको छ । उनको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने परिवार स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार