अमेरिकाको दुई महिने साङ्गीतिक यात्रामा सत्यकला

काठमाडौं,
असार २८ ।

‘तिमीलाई हङकङ पुर्यायो आईडी काडै…’ले जस्ता दर्र्जनौ चर्चित गीतका गायिका सत्यकला राई आफ्नो साङ्गीतिक प्रस्तुतिका लागि यतिबेला अमेरिका पुगेकी छन् । अमेरिकाको कोलोराडोमा हुने बृहत सांस्कृतिक कार्यक्रमका लागि गायिका राई त्यसतर्फ उडेकी हुन् ।

हाम्रो आवाज अनलाइन टेलिभिजनको आयोजनामा नमस्ते कोलाराडो साङ्गीतिक साँझ अगष्ट तीन तारिखका दिन कोलाराडोमा सम्पन्न हुने छ । कार्यक्रममा लोकप्रिय गायिका सत्यकला राईले आफ्ना चर्चित गीतहरु पस्कने छिन् ।

कोलाराडोको साङ्गीतिक कार्यक्रम पश्चात अमेरिकाको विभिन्न राज्यमा हुन गइरहेको साङ्गीतिक कार्यक्रमहरुमा सहभागिता जनाउने कार्यक्रम भएको गायिका राईले बताएकी छन् । गायिका राई अमेरिकाको दुई महिने साङ्गीतिक यात्रा पश्चात नेपाल फर्कने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार