नृत्यसँगै अभिनयलाई अगाडी बढाउदै सन्देश

काठमाडौं,
असार २८ ।

दर्जनौ भिडियो र केही चलचित्रमा कोरियोग्राफी गरिसकेका युवा प्रतिभा हुन सन्देश गुरुङ । कौडा नृत्य जगतमा आफ्नो पृथक पहिचान बनाई सकेका सन्देश गुरुङलाई यतिबेला भने ठुलो पर्दामा अभिनय गर्ने चाहना बढेको छ ।

दशैं लगतै छायाँकन हुने चलचित्रमा अनुबन्ध भइसकेका सन्देशले केही भिडियोमा बिवोइन डान्स गरेका छन् । नृत्यमा अब्बल सन्देश चलचित्रमा अनुबन्ध भएपछि यतिबेला अभिनयको प्रशिक्षण लिईरहेका छन् ।

गोर्खामा जन्मीएका कोरियोग्राफर सन्देश सानै देखि काठमाडौं वस्दै आईरहेका छन् । पुराना नृत्य प्रशिक्षक धनबहादुर गुरुङका छोरा सन्देश नृत्यसँगै अभिनयलाई अगाडी बढाउने सोचमा छन् ।

यसमा तपाइको मत

अन्य समाचार