‘भोर’ अभिनेत्री पूजा सम्मानित

काठमाडौं,
असार २८ ।

चलचित्र ‘भोर’ अभिनेत्री पूजा कर्ण राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत जुरी प्रोत्साहन सम्मान बाट सम्मानित भएकी छन । शुक्रबार राजधानीमा सम्पन्न कार्यक्रममा राष्ट्रपती बिद्यादेवी भण्डारी द्वारा कर्णलाई उक्त सम्मान प्रधान गरिएको हो ।

तराइमा ब्याप्त दाईजो प्रथा र त्यसले मानबिय जीवनमा परेको असरलाई यादब कुमार भट्टराई निर्देशित चलचित्र ‘भोर’मा देखाइएको छ । चलचित्रमा पूजा शारिरिक रुपमा असक्त भएपनी न्यायको लागि लड्दा थुप्रै बाधा अड्चनको सामना गर्दै गरेको दृश्यहरु समाबेश छ ।

चलचित्र ‘भोर’ मा काम गरे पछी राष्ट्रको यती ठुलो सम्मान बाट सम्मानित हुन पाउदा आफु निकै खुशी भएको पूजाले बताइन । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको चलचित्र भोरमा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी मण्डल, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पूजा कर्णलगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रले नेपाली समाजमा बिशेषगरी तराई क्षेत्रमा दाइजो प्रथाले विकृति र त्यसबाट उत्पन्न विभिन्न समस्याको छर्लङ चित्रण गर्ने प्रयास गरेको छ । चलचित्रले दाइजोका कारण समाजमा कयौँ घटनाहरुको जन्म हुन्छ भन्ने एक सशक्त सन्देश दिएको छ ।

देबेन्द्र सुबेदी प्रस्तुतकर्ता रहेको चलचित्रमा राज तिमल्सिना र राम गोपाल थापा निर्माताको रुपमा रहेका छन् । चलचित्रमा दीपक बज्राचार्यको छायाँकन तथा दीपक अधिकारी र किसन अर्यालको मुख्य सहायक निर्देशन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार