‘हजार जुनीसम्म’को ‘आज नगद भोलि उधारो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार २८ ।

चलचित्र ‘हजार जुनीसम्म’को गीत ‘आज नगद भोलि उधारो’ सार्वजनिक गरिएको छ । भाद्र ६ गतेदेखि देशभरका सिनेमाघरमा आउँने तय भएको चलचित्र ‘हजार जुनीसम्म’को दोस्रो गीत ‘आज नगद भोलि उधारो’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा पछिल्लो समयकी चर्चित निर्देशक दीपाश्री निरौला फिचर्ड छिन् । गीतमा दीपासँगै आर्यन सिग्देललाई देख्न पाइनेछ । आर्यन र दीपाको नृत्य रहेको । गीतमा शिवहरी पौडेल पनि छन् ।

तीन फिल्म ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दीपाश्री आइटम नृत्य गर्दै गरेको देखिएकी छन् । गीतमा दीपाले ‘भट्टीको साहुनी’को रुपमा प्रस्तुत भएकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ ।

गीतमा नायिका स्वस्तिमा खड्का, नवनायक अखिलेस प्रधान, कलाकार रामचन्द्र अधिकारी, उत्तम केसी, श्याम बराललगायतलाई पनि देख्न सकिन्छ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायाँकन गरेका हुन् ।

‘आज नगद भोली उधारो’ बोलको गीतमा एक नारायण भण्डारीको शब्द, बसन्त सापकोटाको सङ्गीत तथा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ ।

नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको यो चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधानको अभिनय छ ।

यसमा उदयराज सोताङ, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको सङ्गीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।

यसमा तपाइको मत

अन्य समाचार