यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लियो

काठमाडौं,
असार २७ ।

यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।

सबै यात्रुलाई सकुशल निकालिएको र २ जनालाई चाहिँ उपचारको लागि काठमाडौं मेडिकल कलेज पठाइएको बताइएको छ । धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान-अवतरण दुवै अवरुद्ध बनेको छ ।

(फाईल फोटो) 

यसमा तपाइको मत

अन्य समाचार