काचुलीको ट्रेलर सार्वजनिक, साउन २४मा सिनेमाघरमा आउँदै

काठमाडौं,
असार २६ ।

चलचित्र ‘काचुली’को ट्रेलर सार्वजनिक गरिएको छ । बीजी बर्मा फिल्मस्को ब्यानरमा कला राई को प्रस्तुति अनि शंकर अधिकारी ‘घायल’को लेखन–निर्देशन रहेको चलचित्र काचुली साउन २४ देखि देशभरका सिनेमाघरमा आउँने भएको छ ।

राजु लामा, राजेन्द्र बजगाइ, शंकर अधिकारी ‘घायल’को सङ्गीत रहेको चलचित्रका गीतमा सपनाश्री, नित्याशिवा, राजेन्द्र बजगार्इ, शम्भु रैकाको स्वर रहेको छ ।

सुशील डाँगिको छायाँकन, देव महर्जनको द्वन्द्व, राजन महर्जन र दीलिप राईको नृत्य रहेको चलचित्रमा शुभेच्छा थापा, राजन महर्जन, रबिन श्री, सुबास गजुरेल, शर्मिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ । नवप्रस्तुतिमा दीप कुलुङ, राजन श्रेष्ठ, अस्मि थापा, अन्जना ज्योती र गोबिन्द लामालाई प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार