‘मदन पुरस्कार २०७५’ का लागि ७ पुस्तकको नाम सार्वजनिक

काठमाडौं,
असार २६ ।

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७५’ का लागि सिफारिसमा परेका ७ पुस्तकको नाम सार्वजनिक गरेको छ ।बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै गुठीले सिफारिसमा परेका सात पुस्तक सार्वजनिक गरेको हो ।

गुठीलाई प्राप्त भएका २५७ कृतिमध्ये उत्कृष्टमा परेका ७ पुस्तक छनौट भएका हुुन्। छनौट भएका यिनै सात पुस्तकमध्येबाट एकले मदन पुरस्कार पाउने छ ।

छनोटमा परेका पुस्तकहरुमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’ रहेका छन्।

छनौटमा परेका अन्य पुस्तकमा छुदेन काविमोको ‘फातसुङ’, महेश थापा ‘मरीचिका’, योगेश राज ‘रणहार’ र ध्रुव सोपकोटा ‘विचारको लाश’ रहेका छन्।

यसमा तपाइको मत

अन्य समाचार