विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,
असार २६ ।

विषादी परीक्षण गर्न सरकारलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चले सरकारलाई विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

असार १८ मा सरकारले विषादी परीक्षण नगर्ने गरेका निर्णय कार्यान्यन नगर्न न्यायाधिश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले आदेश दिएको हो ।

विषादी परीक्षणका लागि तरकारी सिमामा मै रोकिएपछि किसानहरुबाट गुनासो आएसँगै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयहुँदै उद्योग मन्त्रालयसम्म पत्र पठाएर विषादी परीक्षण रोक्न दबाब दिएको थियो ।

उद्योगमन्त्री मातृका यादवमाथि चर्को दबाब परेपछि प्रधानमन्त्रीले नै विषादी परीक्षण रोक्न मन्त्रीपरिषदमा प्रस्ताव लगी निर्णय फिर्ता गरेका थिए ।

आवश्यक प्राविधिक तयारी नपुगेको भन्दै सरकारले विषादी परीक्षण रोकेपछि स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट नारायणप्रसाद दुवाडी र स्वागत नेपाले असार २४ गते विषादी परीक्षण नगर्ने निर्णय खारेज गर्न सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार