वर्ल्ड कभर मिडियामा भिडियो सम्पादनको प्रशिक्षण सुरु

काठमाडौं,
असार २४ ।

वीरेन्द्र भाट ‘विपिन’ले भिडियो सम्पादनको प्रशिक्षण सुरु गरेका छन् । काठमाडौंको बिजुलीबजारस्थित ‘वर्ल्ड कभर मिडिया’ को कार्यालयमा भिडियो सम्पादनको प्रशिक्षण सुरु गरिएको हो ।

भिडियो सम्पादन तालिममा सम्पादन, अडियो तथा भिडियो ईफेक्ट, कलर करेक्शन, फाइलहरुको सङ्गठित व्यस्थापन, भिडियो एक्सपोर्ट – इम्पोर्ट, एनिमेशन, फोटोशपलगायत सम्पादकले जान्नुपर्ने सबैकुरा सिकाइने वीरेन्द्रले बताए । कोर्ष पूरा गरिसकेपछि प्रशिक्षार्थीले म्युजिक भिडियो, बिबाह – व्रतवन्ध–पास्नी लगायतका भिडियो, लघु तथा वृत्त चलचित्र, टेलिभिजन विज्ञापन, युट्युवलगायतका भिडियो सम्पादन गर्न सक्ने कुरा समेत उनले बताए ।

वीरेन्द्र विगत १६ वर्षदेखि विभिन्न चलचित्र, वृत्तचित्र, म्युजिक भिडियो लगायतका श्रव्य – दृश्य सामग्रीको छायाँकन एवम् सम्पादनमा क्रियाशील रहँदै आएका छन् ।

बदलिँदो समय र प्रविधिले फड्को मारेसँगै भिडियो सम्पादन रोजगारमूलक सीपको रुपमा देखिएको भएपनि नेपालमा यस सम्बन्धी तालिम भने त्यति भएको पाइँदैन । भिडियो सम्पादनलाई व्यक्तिगत रुपमा डिजिटल व्यावसाय गर्न र जागीर खान दुबै कुराका लागि अत्यन्तै उपयोगी देखिँदै आएको छ ।

ईच्छुकहरुले मोबाइल नम्बर ९८४१७८०१८६ वा ९८५११०५२४१ मा सम्पर्क गर्न सक्ने कुरा पनि प्रशिक्षक वीरेन्द्रले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार