भारतबाट आयातित तरकारीमा विषादी परीक्षण गर्ने निर्णय स्थगित

काठमाडौं,
असार २१ ।

भारतबाट आयातित तरकारीमा हानिकारक विषादीको मात्रा धेरै भएपछि भन्सार बिन्दुमा विषादी परीक्षण गर्ने लिएको नीतिमा सरकार भारतीय दबाब सामु झुकेको छ । यही असार ३ गतेबाट सरकारले भारतबाट आयात हुने तरकारिको परीक्षण गर्न शुरु गरेपछि भारतीय पक्षले दबाब बढाएका थिए । भारतीय दबाबपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण गर्ने निर्णय स्थगित गरेको उच्च स्रोतले जनाएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेश्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार विन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

भन्सारमा कडाई गरिएपछि भारतले नेपालमाथि दबाब दिन शुरु गरेको थियो । काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता बढेको थियो भने भारतीय व्यापारीसमेत सिंहदरबार धाएको जनाइएको छ ।

अत्यधिक दबाब बढेपछि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भन्सार बिन्दुमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार