नेपालबाट एक हजार दुई सय हज यात्राका लागि साउदी जादै

काठमाडौं,
असार १३ ।

नेपालबाट एक हजार दुई सय हज यात्राका लागि साउदी जादै छन् । नेपाल हज समितिले आज पत्रकार सम्मेलन गरी नेपालबाट एक हजार दुई सय हज यात्राका लागि साउदी जादै गरेको जानकारी गराउको हो ।

हज यात्रामा दुई हजार पठाउनका लागि पहल गरिए पनि सार्थक नभएको समितिले जनाएको छ । समितिले गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय र साउदी अरबस्थित नेपाली दूतावासको अथक प्रयासका बाबजुत पनि कोटा बढाउन नसकिएको समितिका अध्यक्ष शमशेर मियाँले बताए ।

साउन २ देखि १० गतेभित्र हजयात्री साउदी पुग्नेछन् । दैनिक १५० का दरले एयर अरेबियाको जहाजबाट हजयात्री लगिनेछ । साउदीमा ४२ दिनको मुख्य हज यात्रा सकेपछि उनीहरु स्वदेश फर्कने बताइएको छ ।

थप एक हजार कोटा माग गरिएकामा साउदी सरकारले पाँचसय थप्ने मौखिक आश्वासन दिएको भए पनि त्यो पूरा हुन नसकेको भन्दै अध्यक्ष मियाँले हजयात्रीको कोटा बढाउनका लागि पहल गरिदिन सरकारसमक्ष आग्रह गरे ।

यसमा तपाइको मत

अन्य समाचार