पोखरामा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विविध कार्यक्रम

पोखरा,
असार ५ ।

पोखरामा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विविध कार्यक्रम गरिने भएको छ । असार ६ गते (जुन २१) का दिन अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा विविध कार्यक्रमगरी मनाइने भएको हो ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पाँचौ अन्तर्राष्ट्रिय योग दिवस पोखरा महानगरपालिका वडा नं ६ स्थित पोखरा-कोमागाने मैत्री पार्क भित्र केदारेश्वर मन्दिर प्राङ्गणमा डा. योगी विकासानन्दको प्रमुख प्रशिक्षणमा विभिन्न योग अभ्यासका साथ मनाउने भएको छ ।

योग सम्बन्धि जनचेतना जगाउदै स्वास्थ्य समाज निर्माण गर्ने हेतुले योग फर हार्मोनी एण्ड पिस भन्ने मूल नाराका साथ योग दिवस मनाउन लागिएको हो । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङ प्रमुख आतिथ्यतामा उक्त योग दिवस मनाउन लागिएको कार्यक्रम संयोजक सामाजिक विकास मन्त्रालयका अधिकृत नबीनकिरण भुसालले जानकारी दिए ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने कथनलाई लाई मनन गरि योग र आयुर्वेद चिकित्सा पद्धतीले निर्देशित गरेका जीवनशैली यापन गरेमा बिशेष गरि नसर्ने रोगहरुको न्यूनीकरण गर्न सकिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ट कविराज निरीक्षक गोबिन्द ढकालले बताए ।

नियमित योग अभ्यास र त्यसका नियम पालन गर्नाले बिभिन्न रोगहरुको संकर्मण र उपचार खर्चबाट बच्न सकिने कार्यक्रम संयोजक मन्त्रालयका बरिस्ट कविराज निरीक्षक नवीनकिरण भुसाल बताउछन ।

बिहान ६ बजे देखि ८ बजे सम्म सञ्चालन हुने योग प्रशिक्षणमा द आर्ट अफ लिभिङ, पतंजली योग समिति, ओम शान्ति इस्वरिय बिश्व बिद्यालयलगायतका कास्कीका सघ सस्थाहरुको सक्रिय सहभागितामा सम्पन्न हुने भएको छ ।

गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा सामाजिक विकास मन्त्री नरदेवी पुनको बिशेष पहलमा अभियानको रुपमा योग तथा आयुर्वेदका कार्यक्रमहरु सञ्चालन भइरहेका छन ।

यसमा तपाइको मत

अन्य समाचार