पायलमा ध्रुव

काठमाडौं,
जेठ ३१ ।

अभिनेता ध्रुव न्यौपाने पायल चलचित्रमा देखिने भएका छन् । फाल्गुनन्द लिङ्देल फिल्म प्रा.लि.ले निर्माण गर्न लागेको चलचित्र ‘पायल’ मा उनी देखिन लागेका हुन् । ‘पायल’लाई दिनेश लिङ्देनले निर्देशन गर्दैछन् ।

चलचित्र र व्यवसायलाई सगसँगै अघि बढाएका ध्रुव चलचित्र क्षेत्रमा डेड दशकदेखी त्रियाशील छन् । ध्रुवले प्लान, को हूँ म, सन्त्रास, क्रइम, क्रइम-२, जीवन मृत्युलगायतका चलचित्रमा अभिनेता भएर काम गरिसकेका छन् भने हिरो रीटन्र्स नामक चलचित्र उनकै व्यानरमा बनेको हो । यसो त ध्रुवले करिब तीन दर्जन जति म्युजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् ।

चलचित्र ‘पायल’मा ध्रुव न्यौपानेसँग अपोजिट रोलमा रिया श्रेष्ठ देखिदै छिन् । यसका अलवा ‘पायल’मा राजकुमार लिङ्देन, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुव्बा, हस्त लिवाङ, दीलीप ठकुरी, आरपी दाहाललगायतका कलाकार रहने छन् । चलचित्रको शुभ मुहर्त गरिसकिएको छ, भने सोमबारबाट छायाङ्कनमा जान लागेको निर्माणपक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार