विकृती र विसङ्गती विरुद्धको गीत ‘ए सरकार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ ३१ ।

विकृती र विसङ्गती विरुद्धको गीत ‘ए सरकार’ सार्वजनिक भएको छ । साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीतमा विकास पाण्डेको सङ्गीत तथा गायक देवेन्द्र कार्कीको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिमफेदी गाइजको अभिनय रहेको भिडियोमा देशको विकृती र विसङ्गतीलाई कलात्मक शैलीमा देखाइएको छ । भिमफेदी गाइजका निर्मलले निर्देशन गरेको गीतको भिडियोमा पवन शुस्लिङको सिनेमेटोग्राफी रहेको छ । गीतको भिडियोमा ऐतिहासिक मकवानपुर गढी दरबारलाई देखाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार