‘प्रेमगीत ३’ का मुख्य अभिनेतामा मनिष

काठमाडौं,
जेठ ३१ ।

चलचित्र ‘प्रेमगीत ३’का मुख्य अभिनेता सार्वजनिक गरिएको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा मनिष राउतले मुख्य अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् ।

चलचित्र क्षेत्रमा सङ्घर्ष गरिरहेका मनिष राउतले नेपालको चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका छन् । उनीसँग दर्जनौं लघु चलचित्रमा काम गरेको अनुभब छ ।

दर्शकले अत्याधिक रुचाएको प्रेमगीत सिरिजको तेस्रो श्रृखलामा यी नयाँ अनुहारलाई मुख्य अभिनेताको रुपमा प्रवेश गराइएको छ । निर्माण टिमले नव अभिनेता राउतका केहि क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा उनि पुरानो जमानाको बन्दुक सहित देखिन्छन् भने अर्कोमा बन्चरो सहित देखिएका छन् । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिजको यो चलचित्र नव वर्षको अवसर पारेर यहि चैत्र २८ गते प्रदर्शनमा आउने पक्का भइसकेको छ ।

चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ र मन्दिप गौतमले लेखेको चलचित्रलाई स्वयम् निर्देशक सन्तोष सेन र विजय चामलिङ मिलेर निर्माण गर्दैछन् ।

यसमा तपाइको मत

अन्य समाचार