सिनेमाघरमा ‘प्रेम दिवस’ र ‘झट्का’

काठमाडौं,
जेठ ३१ ।

शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन ‘प्रेम दिवस’ र ‘झट्का’ ।

चलचित्र ‘प्रेम दिवस’ लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा ‘ प्रियंका कार्की र आयुष्मान देशराज जोशीको प्रमुख भूमिका रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको यो चलचित्रबाट विशाल खरेलले डेब्यू गरेका छन् । प्रदीप भारद्वाजद्वारा लिखित चलचित्रलाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन बनिष शाह र मिलन श्रेष्ठले सम्पादन र मानकृष्ण महर्जनको छायाँकन रहेको छ ।

रमेश बिसुङ्खेले निर्देशन गरेको चलचित्र हो ‘झट्का’ । रमेशकै कथा रहेको यो चलचित्रले काठमाडौंको रात्री जीवनको कथा पस्केको छ । चलचित्रमा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठलगायतको अभिनय रहेको छ । जीवन पराजुलीको छायाँकन रहेको यो चलचित्रका निर्माता तुलसीलाल नेवा हुन् ।

यसमा तपाइको मत

अन्य समाचार