नेकपाका नेता पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

चितवन,
जेठ ३१ ।

नेकपाका नेता पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलको हृदयघातबाट निधन भएको छ । ५३ वर्षीय पौडेलको शुक्रवार बिहान चितवनको माडीमा निधन भएको हो ।

माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई माडी बघौडा अस्पताल पु¥याउँदा चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।

२०२३ सालमा स्याङ्जामा जन्मेका पौडेलको परिवार ३४ सालदेखि चितवनमा बसोबास गर्दै आएको छ । उनी नेकपाका केन्द्रीय सदस्य थिए ।

उनलाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापा बादल चितवन आउने जनाइएको छ । पौडेल पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए । पौडेलका दुई छोरी र श्रीमती छन् ।

यसमा तपाइको मत

अन्य समाचार