भाडा वृद्धि फिर्ता

काठमाडौं,
जेठ ३१ ।

बिहीबार दिउँसो सार्वजनिक गरिएको यातायात भाडा वृद्धि बिहीबारै साँझ फिर्ता भएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।

भाडा वृद्धिबारे थप स्पष्ट हुनुपर्ने आवश्यकता रहेको भन्दै विभागले भाडा फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । विभागका प्रवक्ता तीर्थराज खनालद्वारा जारी विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि भाडा वृद्धि फिर्ता लिएको उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार