‘मारुनी’को ‘जाम्न माया जाम’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ २९ ।

चलचित्र ‘मारुनी’को गीत ‘जाम्न माया जाम’ सार्वजनिक भएको छ । भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’ को डान्सिङ नम्बर ‘जाम्न माया जाम’ गीत मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक भएको हो ।

दीपक बज्रचार्यको स्वर रहेको गीतको भिडियोमा चलचित्रकी लिड अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का फिचर्ड छन् । रिक्की शाक्यको शब्द रहेको गीतमा गायक बज्राचार्य स्वयंको सङ्गीत छ ।

भिडियोको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् । नवल नेपालको निर्देशन गरेको चलचित्रलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । यस चलचित्रमा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार