‘जोगी…’ सार्बजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ २८

कृष्ण परियार (श्रीकृष्ण)को निर्देशनमा लोकदोहोरी गीत ‘जोगी…’को भिडियो सार्बजनिक भएको छ । प्रतिमा परियार (सोनी)को पहिलो लोकदोहोरी गीत ‘जोगी…’ सार्बजनिक भएको हो ।

यज्ञ ओली र सरिता थापा आबाजमा रहेको गीतलाई प्रतिमा परियार सोनीले लेखेकी हुन् । गीतको लय गायक यज्ञ ओलीको नै रहेको छ ।
जनता डिजिटल एण्ड फिल्म्सले बजार ब्यबस्थापन गरेको गीतको भिडियोको छायांकन अनिल जिसीले गरेका हुन् ।

भिडियोमा धनीराम चौधरी, निशा शाही र लक्ष्मी तामाङको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार