सुकेधारामा ग्यास सिलिन्डर विस्फोट

काठमाडौं,
जेठ १२ ।

सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा हुँदा ६ जना घाइते भएका छन् ।

सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ । यस्तै आनमनगरमा पनि सिलिन्डर पड्किएको छ । क्षतिको विवरणमा आउन बाँकी छ ।

यसमा तपाइको मत

अन्य समाचार