फेरि सत्तामा भारतीय जनता पार्टी

काठमाडौं,
जेठ १० ।

भारतमा सत्तारुढ दल भारतीय जनता पार्टी फेरि सत्तामा आएको छ । १७ औं लोकसभा निर्वाचनको बिहीबार भएको मतगणनामा भारतीय जनता पार्टी र उसको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले स्पष्ट बहुमत ल्याउने देखिएको हो । भाजापा नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा चुनाव लडेको सो गठबन्ध फेरि बहुमतमा आएसँगै मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री मोदीले निर्वाचन आफ्नो पक्षमा आएपछि सामाजिक सञ्जालमा दिएको प्रतिक्रियामा ‘देशले जितेको’ बताएका छन् । भारतको इतिहासमा गैर काँग्रेसले दोस्रो पटक बहुमतको सरकार बनाउन लागेको यो पहिलो पटक हो ।

यसैबीच प्रमुख विपक्षी दल काँग्रेस तथा उसको नेतृत्वको गठबन्धन सँयुक्त प्रगतिशील गठबन्धन ९यूपीए०ले हार ब्यहोरेको काँग्रेस अध्यक्ष राहुल गान्धीले स्वीकार गरेका छन् । मतपरिणा नआउँदै बिहीबार साँझ पत्रकार सम्मेलन गरेर उनले पराजय स्वीकार गरेका हुन् ।  पत्रकार सम्मेलन गरेर भाजापा तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जितको बधाई दिएका थिए ।  उनले अमेठीबाट आफुलाई पराजित गर्ने स्मृति इरानीलाई बधाई दिँदै अमेठीको राम्रोसँग ख्याल राख्न अनुरोध गरे ।

यसमा तपाइको मत

अन्य समाचार