बन्ने भयो ‘अन्धकार’

काठमाडौं,
जेठ ६ ।

चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको हो । शनिबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको शुभ मुहूर्त गरिएको छ ।

समाजका विविध बिकृति मध्ये युवापुस्ता आफैँमा शिक्षित हुँदा हुँदै पनि कसरी दुब्र्यशनको शिकार भइरहेको छ भन्ने कुरा ‘अन्धकार’को मुख्य विषयबस्तु रहने निर्माण पक्षको भनाईरहेको छ । ईटरी, झापा, धरानलगायतका स्थानमा छायाँकन हुने ‘अन्धकार’लाई सागर पौडेलले खिच्ने छन् ।

सूर्य बुढाथोकीको लेखन, निर्देशन रहने ‘अन्धकार’मा राज श्रेष्ठ, ज्योति संग्रोला, सुभाष चन्द्र खरेल, मिना कोईराला, सुजन ढकाललगायतका कलाकारको अभिनय रहने छ ।

यसमा तपाइको मत

अन्य समाचार