एसईई मोडल हन्टका प्रतियोगी प्रशिक्षणमा

काठमाडौं,
जेष्ठ १ ।

डीएम इन्टरटेनमेन्ट आयोजक रहेको सौन्दर्य प्रतियोगिता ‘एसईई मोडल हन्ट २०१९’का २६ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । बिभिन्न चरणको अडिसनबाट छानिएका ११ छात्र र १५ छात्रा प्रतियोगी अन्तिम स्पर्धाका लागि केही सातादेखि प्रशिक्षण मार्फत आफ्नो प्रतिभा निखार्न जुटेका हुन् ।

प्रशिक्षणका क्रममा उनीहरुले ब्यवसायिक मोडलिङका लागि चाहिने बिभिन्न प्रशिक्षकाका अलवा बिजनेश म्यान, अभिनेता अभिनेत्री, लेखक, फेसन डिजाइनर, राजनीतिक लिडरलगायत समाजका प्रतिष्ठित ब्यक्तिहरुबाट उनीहरुकै क्षेत्रको अनुभव समेत हासिल गर्नेछन् ।

समाजको जुनै क्षेत्रमा पनि सजिलै स्थापित हुन सक्ने बनाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजक डीएम इन्टरटेनमेन्टका सिइयो डेनी मगरले बताए ।

‘एसईई मोड हन्ट’को अन्तिम स्पर्धा यही जेठ १४ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ । प्रतियोगितामा छात्र तथा छात्राबाट एक एक गरेर दुई शिर्ष बिजेता छानिने छ ।

शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगितामा शिर्ष बिजेताले मेघा कलेजबाट उच्च शिक्षा अध्यायनका लागि फुल स्कलरसिप, बज्र ननिताज् जिमबाट ५०, ५० हजार बराबरको ६ महिनाका लागि सुबिधालगायत बिभिन्न गिफ्ट ह्याम्पर समेत जित्न सक्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार