रगङ्शाला निर्माण सहयोगार्थ चितवनमा ‘खुत्रुके सहयोग महाअभियान’ शुरु

चितवन,
जेष्ठ १ ।

धुर्मस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगङ्शालालाई आर्थिक सहयोगार्थ ‘खुत्रुके सहयोग महाअभियान’ शुरु भएको छ । रगङ्शाला निर्माणमा आर्थिक अभाव हुन नदिन चितवनमा खुत्रुके महाअभियान शुरु भएको हो । चौधरी ग्रुपद्वारा सञ्चालित सनराईज इङ्ग्लिस स्कुल भरतपुरमा बिद्यालयको भुतपुर्व विद्यार्थी समाजद्वारा आयोजित एक कार्यक्रमकाबीच मङ्गलबार अभियानको सुरुवात भएको हो ।

मङ्गलबार फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसको बिशेष उपस्थितीमा बिद्यालय पेरिसरमा आयोजित एक कार्यक्रममा चितवनमा खुत्रुके सहयोग महाअभियान शुरु गरिएको हो । फाउण्डेसनका अध्यक्ष धुर्मुस र प्रधानाध्यापक राजेन्द्रप्रसाद कोइरालाले संयुक्त रुपमा खुत्रुके सार्वजनिक गर्दै अभियानको सुरुवात गरेका हुन् । सार्वजनिक गरिएको खुत्रुके बिद्यालयमा राखिनेछ । उक्त खुत्रुकेमा बिद्यालयका विद्यार्थी तथा शिक्षकहरुले पैसा जम्मा गर्नेछन् ।

फाउण्डेसनका अध्यक्ष धुर्मुसले प्याप्सन र हिसानसँग चरणबद्द रुपमा छलफल गरेर नै खुत्रुके सहयोग महाअभियानको सुरुवात गरिएको बताए । उनले सनराईजबाट शुरु गरिएको यो अभियान चितवनका प्रत्यक बिद्यालयहरुमा चलाइने जानकारी गराए । यो अभियानलाई कसरी अगाडी लैजाने भन्ने बिषयमा प्याप्सनले योजना बनाईसकेको उनले बताए ।

चितवनका सबै बिद्यालय तथा कलेजहरुले रगङ्शाला निर्माण अभियानलाई आफ्नै अभियानको रुपमा लिनुपर्ने धुर्मुसको भनाई रहेको छ । ‘यो रगङ्शाला हाम्रो घरमा बन्दै छ र यो हामीले नै बनाउने हो भनेर सबै बिद्यालय तथा कलेजहरुले पनि अपनत्व ग्रहण गर्नु पर्छ’ उनले भने ।

उनले सनराईज स्कुलबाट चितवनमा शुरु भएको यो महाअभियानमा सबै एक जुट भएर लाग्ने विश्वास ब्यक्त गरे । रगङ्शाला राष्ट्रिय गौरबको योजना भएकोले उनले सबैलाई यो अभियानमा साथ दिन आग्रह गरेका छन् ।

बिद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद कोइरालाले धुर्मस सुन्तली फाउण्डेसनले सुरु गरेको रगङ्शाला निर्माण अभियान राष्ट्रकै गर्वको कुरा भएको बताउदै यसमा सन राईज स्कुल पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए । उनले बिद्यालयका सबै विद्यार्थीहरुलाई खुत्रुके सहयोग महाअभियानमा सहभागी भई सक्दो सहयोग गर्न अपिल गरे ।

भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष एवम् पुर्व राष्ट्रिय क्रिकेट खेलाडी अनिल अधिकारीले सनराईजबाट शुरु भएको खुत्रुके सहयोग महाअभियान चितवनका सबै बिद्यालयमा चलाईने बताए । यो महाअभियान करिब तीन महिनासम्म चलाइने उनले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार