कलेज कलेजमा ‘कुम्भ करण’

काठमाडौं,
वैशाख ३१ ।

सिनेमाघरमा आउने मिति नजिकिदै जादा आकाश पल इन्टेर्टेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भ करण’ले प्रचार प्रसार तिब्र बनाएको छ ।  जेठ १७ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको यो प्रदर्शनमा आउने यस चलचित्रको प्रचार प्रसार कलेजबाट शुरु गरेको हो ।

कथामा नै मुख्य नायक र नायिका शिक्षक र शिक्षिका रहेको हुनाले चलचित्रको टिमले चलचित्र प्रचार प्रसार पनि कलेजबाटै शुरु गरेको निर्माणपक्षले जनाएको छ । कार्यक्रममा नायक गौरब पहारी, भोलाराज सापकोटा, वितरक करण श्रेष्ठ र निर्देशक दीपक ओली उपस्थित थिए ।

चलचित्रको पोस्टर अनि ट्रेलर केहि दिन अघि मात्र सार्वजनिक भइसकेको छ । ट्रेलरले राम्रै प्रतिक्रिया पाएको टिमको भनाइ छ । चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद, गोबिन्द मधुर आचार्यको सङ्गीत र कोरियोग्राफीमा सुनिल बसेल रहेका छन ।

चलचित्रलाई हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ । चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका करण श्रेष्ठले वितरण गर्दै छन् ।

चलचित्रमा चित्रबहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको छ । चलचित्रमा सहनिर्माताको रुपमा गिरप्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन ।

कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण) रहेका छन भने लाईन प्रडूसरमा सरिता गिरी समेत रहेकी छन् । चलचित्रमा नायिका निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री, सुधब थापालगायतको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार