‘कबड्डी कबड्डी कबड्डी’को घोषणा

काठमाडौं,
वैशाख ३१ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को निर्माण घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

यो चलचित्रमा अघिल्ला दुई सिरिजका मुख्य नायक दयाहाङ राई केन्द्रिय भूमिकामा रहनेछन् । चलचित्रमा नायिका उपासना सिंह ठकुरी र नायक कर्मा थपिएका छन् । यस्तै, चलचित्रमा नायिका रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, बिजय बराल, कमलमणि नेपाल, अरुणा कार्की, राजन खतिवडा, मणी के राई, डीबी गुरुङ, राजेन्द्र थापाको पनि अभिनय रहनेछ ।

बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य रहनेछ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी रहेको छ ।

चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ । चलचित्रका एक्टिङ कोच अनुप बराल हुन् । स्वजातिय बिबाह र अन्तरजातिय प्रेमकथामा यो चलचित्र बन्नेछ ।

चलचित्र जेठको ५ गतेबाट छायाँकनमा जान लागेको रभदौदेखि तिहारसम्म जुनसुकै बेला पनि रिलिज गर्ने निर्माणपक्षको योजना छ ।

यसमा तपाइको मत

अन्य समाचार