शताब्दी पुरुष सत्यमोहन जोशीको रथारोहण

ललितपुर,
वैशाख ३१ ।

संस्कृतिविद तथा वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सोमबार रथारोहण गरिएको छ । ९९ वर्ष पूरा भएर १०० लागेको अवसरमा उनको रथारोहण गरिएको हो ।

जोशीको सम्मानमा ललितपुर उपमहानगरपालिकाले आयोजना गरेको रथारोहण ललितपुरको मंगलबजारबाट पाटन, जावलाखेल हुँदै बग्गीमा राखेर उनलाई काठमाडौं महानगरपालिकामा राखेर विशेष सम्मान गरिएको थियो । जोशीको सम्मानमा हिजो ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो ।

पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।

यसैबीच राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुस्वास्थ्यको कामना गरिन । राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा पठएको शुभकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्याएको योगदानको पनि उच्च प्रशंसा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार