नेपाल विद्यार्थी संघ पदमकन्याद्वारा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

काठमाडौं,
वैशाख ३१ ।

नेपाल विद्यार्थी संघ पदमकन्या क्याम्पस कमिटीले विद्यार्थीहरुलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरेको छ । देशमा महिला हिंसाका घटना बढ्न थालेपछि हिंसा रोक्न र आत्मरक्षा गर्न सक्ने बनाउन पदमकन्या क्याम्पसका विद्यार्थीहरुलाई आत्मरक्षा अर्थात सेल्फ डिफेन्ससम्बन्धी तालिम क्याम्पसमा नै प्रदान गरिएको हो ।

आत्मविश्वासको कमीका कारणले महिलामाथि हिंसा बढ्दै गएकाले हातहतियार बिना नै हात र खुट्टाको मद्दतमा आफूमाथि हुने हिंसा र आक्रमणको प्रतिकार कसरी गर्ने र आफूलाई कसरी सुरक्षित राख्ने भन्नेबारेमा करातेका गुरुहरुले प्रशिक्षक दिएको थिए ।

कार्यक्रमको सभापतित्व नेपाल विद्यार्थी संघ क्याम्पस कमिटी सभापति लक्ष्मी दहालले गरेकी थिइन भने प्रमुख अथितिको रुपमा सोही क्याम्पसका क्याम्पस प्रमुख धनप्रसाद पण्डित रहेका थिए ।

कार्यक्रममा बोल्दै सभापति दहालले महिला माथी हुने हिंसाको विरुद्ध अगामी दिनेमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन । प्रशिक्षणमा झण्डै चारसय विद्यार्थीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार