कामना फिल्म अवार्डस् २०७६ का लागि आवेदन आव्हान

काठमाडौं,
वैशाख ३० ।

नेपाली सिने मासिक पत्रिका कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी लक्स कामना फिल्म अवार्ड्स २०७६ आवेदन खुल्ला गरेको छ ।

कामना सिने मासिक प्रकाशनमा ल्याउने यस अवार्डस्को आयोजक संस्था कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधान सम्पादक पुष्कर श्रेष्ठको दु:खद् निधनकाबीच कामना प्रकाशनले उहाँले देख्नुभएको सपना पूरा गर्नका लागि यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिने निर्णय गरेको कामनाको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्ले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सिजी लक्स कामना फिल्म अवार्डस् २०७६ मा २०७५ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका नेपाली चलचित्रले सहभागीता जनाउन सक्नेछन् ।

आवेदन निःशुल्करुपमा भर्न पाइने ब्यबस्था गरिएको जनाएको छ । यसका लागि कामनाको कार्यालयमा सम्पर्क राखी निःशुल्क आवेदन लिई वा www.newsofnepal.com लिंक मा गएर विवरण भरी kamanaawards@gmail.com मा आवेदन पठाउन सकिने व्यबस्था गरिएको छ ।

कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने सिजी लक्स कामना फिल्म अवार्डस्मा २०७३ सालबाट बहुर्राष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ ।

सम्मान चलचित्रको : उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महोउत्सवका रुपमा हुँदै आएको अवार्ड समारोहमा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्था तथा विज्ञहरुसँगको बृहत छलफलपछि हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्याङ्कन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्याङ्कन गर्नेछ ।

त्यसैगरी चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पुर्याने एकरएकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिँदै आएको छ ।

त्यसैगरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिँदै आएको छ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिँदै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार