अब २४ साउनमा ‘साइनो’

काठमाडौं,
वैशाख ३० ।

आगामी १० जेठबाट सिनेमाघरमा आउने भनिएको चलचित्र ‘साइनो’को सिनेमाघरमा आउने मिति सरेको छ । अब यो चलचित्र २४ साउनमा देशभरका सिनेमाघरमा आउने भएको हो ।

डबिङ, कलरिङ, मिक्सिङलगायतका प्राविधिक काम नसकिएकाले चलचित्रको प्रदर्शन मिति सारिएको निर्देशक रमेश थापाले जानकारी गराए ।

चलचित्रलाई नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको यो चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छाँयाँकन, रामजी लामिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ । चलचित्र चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार