माता जानकीको जन्मजयन्ती मनाइँदै

जनकपुर,
वैशाख ३० ।

माता जानकीको जन्मजयन्ती हर्षोल्लासपूर्वक मनाइँदैछ । आज प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हर्षोल्लासपूर्वक मनाइँदैछ । माता जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको थियो । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ ।

यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यसअवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन सम्पूर्ण मिथिलाञ्चलमा ठाउँठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ ।

यसअवसरमा विशेषरूपमा जनकपुरधामको नौलखा मन्दिरमा बिहानैदेखि श्रद्धालु पूजापाठ र बधाई गानका लागि उमङ्गीत देखिन्छन् ।

बिहानै दुग्धमति नदीमा स्नान गरी जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु जीवनलाई कृत्य सम्झन्छन् । सो मन्दिरको गर्भगृहमा अभिषेक र जन्मोत्सव विधि, सोहर (जन्मका बेला गाइने गीत), रामकथा, जानकी जन्मको विवेचन, बधाई गीत, छठी महोत्सव मनाइने चलन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार