नेपाली गीत सङ्गीत क्षेत्रमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्दै मनोज

मकवानपुर स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर गीत सङ्गीत क्षेत्रमा आफ्न त्रिएशनहरु पस्किरहेका छन् सङ्गीतकार मनोज चौलागाईं । परिवारका कान्छो छोरो उनी पारिवारिक पूर्णरुपमा सर्पोटले गर्दा नै आजको स्थान चुम्न सफल भएको बताउँछन् ।

एसएलसीसम्म मकवानपुरमा नै पढेर गीत सङ्गीत र उच्च शिक्षाका लागि काठमाडौं आएका उनको सुरुको रोजाईको क्षेत्र भनेको गायन थियो । केही गीत पनि गाए उनले । तर, उनले गायन भन्दा पनि सङ्गीत श्रृजनातर्फ आफूलाई ब्यस्त बनाउँदै लगे । ‘केही गीत गाए मैले, मेरो रहर चाहना एउटा राम्रो गायक बन्ने थियो, तर मैले आफूले आफैंलाई जज गरे अनि गायन छोडेर सङ्गीतको पाटोलाई रोजे’,उनी भन्छन् ।

‘सङ्गीत क्षेत्रमा कसरी लागिन्छ भन्ने नै हुँदैन । यो त लाग्छु भनेर लागिने क्षेत्र होइन । भित्रैदेखि आउँने कुरा हो’, भन्ने उनी म्युजिक क्षेत्रमा लाग्दा लाग्दै गायकमा सपना पुरा होला जस्तो नभए पछि सङ्गीतकारतर्फ, एरेञ्जतर्फ लागेको बताउँछन् । अहिलेसम्म थुप्रै गीतमा सङ्गीत गरेका उनले हजार भन्दा बढी गीतमा एरेञ्ज गरेका छन् । केही चलचित्रमा पनि सङ्गीत र एरेञ्ज गरेका उनको पछिल्लो चलचित्र ‘कमाण्डर’ रहेको छ ।

जे पापीले गाएको ‘आकाशै मुनी एकबारको जुनी…’ ०६०/६१ तिर उनले एरेञ्ज गरेको पहिलो गीत हो । पहिलो गीत नै निक्कै रुचाइयो उनको त्यसपछि पछाडि फर्किएर हेर्नुपरेको छैन उनले ।

‘गाउन, सङ्गीत गर्न, एरेञ्ज गर्न सबैकुरा गाह्रो काम हो तर कसरी गर्ने भन्ने कुरा हो’, भन्ने मनोज आफूले आफ्नो विधालाई सहज रुपमा लिने गरेको बताउँछन् । गीत सङ्गीतको क्षेत्रमा धेरै चोरीको आरोप पनि लाग्ने गर्छ नि भन्ने जिज्ञासामा ‘कोही सङ्गीतकारले जानी जानी चोर्नुहुन्छ होला, कसैको पर्न जान्छ होला, मैले यति धेरै चलचित्रमा काम गरे कतिपय निर्माताले फलानो गीत जस्तो भनेको हुन्छ, फलानो जस्तो गर्न जादा कहीँ न कहीँ त परिनै हाल्छ नि’, भन्छन ।

एउटा राम्रो गीत बन्नका लागि सबैभन्दा पहिला शब्द राम्रो हुनुपर्छ, सङ्गीत राम्रो हुनुपर्छ कम्पोज राम्रो हुनुपर्छ, एरेञ्ज राम्रो हुनुपर्छ, गायक राम्रो हुनुपर्छ भन्ने मान्यता राख्ने उनी टिमवर्क हो सबै राम्रो हुनुपर्छ अनि मिडियाको साथ चाहिन्छ भन्छन् । ‘पब्लिसिट भएन भने कति राम्रा गीतहरु पनि ओझेलमा परेका हुन्छन्, छन् । पब्लिसिटीले राम्रा भन्दा नराम्रा चलेको पनि मैले देखेको छु’, उनी भन्छन् ।

‘रमाइलोको लागि म्युजिक क्षेत्रमा लागियो भने बाँच्न गाह्रो हुन्छ । यो मेरो पेशा हो मैले राम्रोसँग गर्नुपर्छ भनेर लाग्ने हो धेरै राम्रो छ’, भन्ने मनोज यो क्षेत्रमा प्रतिस्पर्धा छ, प्रतिस्पर्धा भएको राम्रो पनि हो भन्छन् अनि आफ्नो प्रतिस्पर्धी आफैंलाई मान्छन् । गीत सङ्गीतको बर्ग र क्षेत्र नहुँने यसको ट्रेन पनि हुँदैन भन्ने मनोज काम गर्दा कस्तोले कतिबेला छुन्छ भन्ने कुरामा महत्वपूर्ण रहेको बताउँछन् । अफ्ना गुरु लाल श्रेष्ठलाई नै आफ्नो प्ररेणाको स्रोत मान्ने चौलागाईं ‘मलाई उहाँले धेरै इनकरेज गर्नुहुन्थ्यो’, भन्छन् ।

उनले सङ्गीत, एरेञ्ज गरेका गीतले चर्चा पाइरेहका छन्, अझ थप चार्चा पाउँदै जाउन, उनका त्रिएशनले यो क्षेत्रले समृद्धिको अझ उचाई चुमन सकोस्, शुभकामना मनोजलाई ।

-गीता अधिकारी

यसमा तपाइको मत

अन्य समाचार