कैलालीको अत्तरियामामा मनाइयो मजदुर दिवस (भिडियोसहित)

अत्तरिया कैलाली,
वैशाख १९ ।

मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस । कैलालीको अत्तरियामा पनि विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाईयो । राजनीतिक दल, श्रमिक, श्रमजिवी कर्मचारी, शिक्षक, मजदुरलगायत आबद्ध मजदुर सङ्गठनहरूले विभिन्न कार्यक्रम गरे ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको सङ्घर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ यसै सन्दर्भमा कैलालीमा पनि बिविध कार्यक्रमका साथ १३० औं अन्तराष्ट्रिय मजदुर दिवस मनाईयो ।

अत्तरियाका बिभिन्न मजदुर सङ्गठनहरुले वुधबार बिहान अत्तरिया बजार बरपर र्याली निकाले । न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, श्रम कानुनमा गरिएको व्यवस्थाको परिपालनाका लागि श्रमिकले सङ्घर्ष गर्दै आएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार