सत्यम शिवम् सुन्दरमको ‘मलाई विर्सी…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख ६ ।
चलचित्र सत्यम शिवम् सुन्दरमको गीत ‘मलाई विर्सी…’ सार्वजनिक गरिएको छ । आगामी हरितालिका तीज देखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत सार्वजनिक भएको हो । नित्याशिवाको स्वर, शंकर अधिकारी घायलको शब्द रहेको गीतमा घायलकै सङ्गीत रहेको छ ।

चलचित्रमा राजन महर्जन, बिमला गिरी, धनराज सुब्बा, अन्जना श्रेष्ठ, सुदिप यादव, कृष्णकुमार घलान, गीताञ्जली सुवेदी, आर जे भिलेन, ज्ञानेन्द्र चेम्जोङलगायतकाको अभिनय रहेको छ । चलचित्रमा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्री रहेका छन् ।

विजी फिल्मस्र प्रालिको प्रस्तुति रहेको यो कला राईको प्रस्तुति रहेको छ । देव महर्जन को द्वन्द्व, राजन महर्जन र शुरेस पान्डेको नृत्य, नरेश ऐरको छायाँकन, बिपिन कटुवाल को श्रृङार तथा शंकर अधिकारी घायलले निर्देशन रहेको छ चलचित्रमा ।

यसमा तपाइको मत

अन्य समाचार