मान्छे फकाएर आफ्नो हुँदैन सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख ६ ।

नायक दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी छन् ।

लोक गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको स्वर रहेको गीतमा शब्द तथा सङ्गीत बिनोद पराजुलीको रहेको छ ।
शुभारम्भ डिजिटलका लागि शम्भु कुवँरको प्रस्तुतिमा तयार भएको गीत छिट्टै लोकप्रिय हुने बिश्वास आफुलाई रहेको गायक बद्रीले बताए ।

काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार