यस्तो छ ‘वीरविक्रम २’को वाचा

काठमाडौं,
वैशाख ३ ।

चलचित्र ‘वीरविक्रम २’को गीत ‘वाचा’ सार्वजनिक भएको छ । मिलन चाम्स निर्देशित चलचित्र ‘वीरविक्रम २’ को दोस्रो गीत ‘वाचा’ आज राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

यसअघि चलचित्रको सार्वजनिक गीत गीत ‘पिरतीको मिठो तिर्सना’ बोलको रिमेक गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले दोस्रो गीत ‘वाचा’ स्रोता/दर्शकमाझ ल्याएको हो ।  सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटीलाई प्रस्तुत गरिएको छ ।

सञ्चारकर्मी नरेश भट्टराईले लेखेको गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर र ताराकै सङ्गीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सुदीप बरालको छायाँकन छ ।

चलचित्र पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेनसँगै बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ ।

हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा अपर्ण सापकोटा निर्माताको रुपमा रहेका छन् । ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्देशक चाम्सले बताए ।

‘वाचा’ गीत सार्वजनिक कार्यक्रममा चाम्सले चलचित्र नयाँ कथामा निर्माण भएको बताए । ‘पहिलो भन्दा ‘वीरविक्रम २’ पूरै अलग रहेर बनेको छ, पात्रहरु नयाँ छन्, कथा नयाँ छ, कमेडी, एक्सन, प्रेम, रोमान्स सबै कुराको स्वाद दर्शकले फिल्ममा पाउनुहुन्छ’ उनले भने ।

यसमा तपाइको मत

अन्य समाचार